तस्करी गरी भारतबाट ल्याइएका भारतीय कुखुराको चल्ला नष्ट गरिएको छ ।
भारतबाट तस्करी गरी ल्याईएको ४२ कार्टुनमा रहेको ४२ सय वटा कुखुराको चल्ला पर्सा सिर्सियाको पशु क्वारेन्टाइनले नष्ट गरेको हो ।
प्रहरीले बीआर ०५ बी २८८१ र बीआर ०५ डब्लु ८३८१ नम्बरको मोटरसाईकलबाट सो चल्ला प्रहरीले बरामद गरेको हो ।
वीरगञ्ज महानगरपालिका २२ जगरनाथपुर चोकबाट नियन्त्रणमा लिइएको सो चल्लालाई पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सियामा बुझाइएको छ ।
४२ सय चल्लाहरु चेक पोष्टले नष्ट गरेको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।