पत्रकार रजकलाई न्याय दिनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र पेश

गढिमाइ खबर
60 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया : एभिन्युज टेलिभिजनका स्व.पत्रकार सुरेश रजकलाई न्याय दिनुपर्ने माग गर्दै नेपाल पत्रकार महासंघ बाराले सोमबार जिल्ला प्रशासन कार्यालय बारामा ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपाल पत्रकार महासंघको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासको अगुवाईमा बाराली सञ्चारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

यही चैत १५ गते काठमाण्डौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न पत्र मार्फत माग गरिएको छ।

मृतक सुरेश रजकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने,सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउनु पर्ने,क्षति पु-याईएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन महासंघले ध्यानाकर्षण पत्र मार्फत माग गरेको छ।

यसैगरी अराजक समूहको निसानामा परेका सञ्चारकर्मी र सञ्चारमाध्यमका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्नुपर्ने,भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन पनि महासंघले माग गरेको छ ।

आन्दोलनका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको खिच्ने क्रममा आगोमा जलेर ज्यान गएको थियो। अराजक समूहले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पु-याएका थिए।

कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा,हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति पु¥याएको थियो।यस्तै पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको र फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको थियो ।

ध्यानाकर्षण पत्र बुझाउनेमा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सिकेन्द्र पासवान,जिल्ला कार्यसमितिकी महिला उपाध्यक्ष प्रियंका दास,सहसचिव दुष्यान्त चौधरी,कार्यसमिति सदस्य जिउत प्रसाद यादव,धिरेन्द्र तिवारी,शर्मालाल बैठा,नवीन चौधरी रहेका छन।

यसैगरी जिल्ला कार्यसमितिका पूर्व अध्यक्ष कमलकुमार उपाध्याय,उपाध्यक्ष राकेश पाण्डे,प्रेस चौतारी नेपालका पुर्व केन्द्रिय सदस्य गोकुल घोरसाईने,नेपाल प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रकाश श्रेष्ठ,प्रेस चौतारी नेपालका मधेस प्रदेश महासचिव दिवाकर भण्डारी,प्रेस चौतारी बाराका अध्यक्ष थानेश्वर सापकोटा,मेची महाकाली मिडिया सोसाईटी बारा अध्यक्ष भोजराज भट्टराई, पत्रकार अनिल पाण्डे,अनिलप्रीत चौधरी लगायतको सहभागितामा ध्यानाकर्षण पत्र बुझाईएको हो।

साझा गर्नुहोस्