नेपाल ट्रेड युनियन काँग्रेस बाराले कलैया उपमहानगरपालिका वडा नं. ५ स्थित दरवार होटेलमा तीज बिशेष कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस बाराका अध्यक्ष बिश्वमनी शर्माको अध्यक्षता र नेपाली कांगे्रस मधेश प्रदेशका सह महामन्त्री जयनारायण यादबको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला श्रमिकहरु नाचगान गरि दर खाएका थिए ।
कार्यक्रममा ७३ जना श्रमिकहरुको सहभागिता रहेको थियो । महागढीमाई नगरपालिकाको नगर उपप्रमुख तारा देबी कानुको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन ट्रेड युनियन काँग्रेस बाराका सचिव धुब्ररामले गर्नुभएको थियो ।