पोखरीमा डुबेर बारामा सात वर्षीय बालकको मृत्यु

गढिमाइ खबर
173 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

बारा : बाराको कलैया उपमहानगरपालिका– ३ गङ्गापुरमा आज दिउँसो पोखरीमा डुबेर ७ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका– ३ गङ्गापुरका रामईश्वर साहका ७ वर्षीय छोरा सञ्जीत साह रहेका छन् । घर नजिकैको छठघाटका लागि बनाइएको पोखरीमा डुबेर बालकको मृत्यु भएको हो । बालक पोखरीमा डुबेको देखेपछि स्थानीयले तत्कालै उद्धार गरी अस्पताल लगेका थिए ।

बालकलाई उपचारका लागि कलैयास्थित आशिर्वाद अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिनुभयो । रासस

साझा गर्नुहोस्