लागू औषधसहित एक जना प्रहरीको नियन्त्रणमा

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 84
पढ्न लाग्ने समय : 1 मि.

बारा प्रहरीले लागू औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध व्युरो वीरगंज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले विषेश सूचनाको आधारमा शनिबार महागढिमाई नगरपालिका वडा नं.१ स्थित बरियारपुरमा मोटरसाइकललाई रोकी चेक जाँच गर्ने क्रममा शरीरमा लुकाई छिपाई लगि रहेको लागु औषध ब्राउन सुगर सहित एक जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक सुवर्ण गाँउपालिका वडा नं.७ टोल सनफुलवा बस्ने अन्दाजी ४१ वर्षीय उमेश कुमार यादव सहित बा.९४ प.६११४ नं.को पलाटिना मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त लागु औषध ब्राउन सुगर १ सय २ ग्राम अन्दाजी मुल्य आठ लाख सोह हजार रूपैया बरारबको रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

यादवलाई नियन्त्रणमा लिई लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्यौपानेले बताए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।