प्रहरीको गोलिबाट एक जनाको मृत्यु

गढिमाइ खबर
पढ्न लाग्न समय 3 मिनेट

बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरी र आन्दोलनरत शिक्षक, कर्मचारीवीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको ज्यान गएको हो ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर १ नमसंग्राढाट बस्ने लखिन्द्र मुखियाको छोरा वर्ष २५ को लक्ष्मी मुखियाको मृत्यु भएको छ ।

नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका शुरु भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर र टियर ग्यास प्रहार गरेको थियो ।

प्रहरीले हवाई फायरगर्दा लक्ष्मी मुखियाको टाउकोमा गोली लागेको थियो । गोली लागेर घाईत मुखियाको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

नगरपालिकाका नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने प्रयास गरेपछि विवाद उत्पन्न भएको थियो । प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप शुरु भएको थियो ।

झडपले उग्र रुपम लिन थालेपछि प्रहरीले नियन्त्रणका लागि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेश प्रसाद काफ्लेले बताए ।

बुधबार कार्यालय पुगेका नगरप्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई हाजिर गराउे प्रयास गरेपछि आन्दोलनरत कर्मचारी –शिक्षकले रोक्ने प्रयास गरेका कारण झडप शुरु भएको थियो ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेर र आन्दोलनकारीहरूले थप दबाब बढाएपछि २०–२५ राउन्ड हवाई फायर र टियर ग्यास प्रहार गर्नुपरेको एसपी काफ्लेले जानकारी दिए । आन्दोलनकारीहरुको ढुंगा प्रहारबाट १० प्रहरी घाइते भएको एसपी काफ्लेले जनाए ।

सिम्रौनगढ नगरपालिकामा नगरसभाको विषयका कारण झण्डै दुई महिनादेखी विवाद भईरहेको छ । विवादका कारण नगरपालिकाको सेवा प्रवाह नियमित रुपमा संचालन हुन सकेको छैन ।

नगरसभा सम्पन्न नभएपछि पालिकामा कार्यरत कर्मचारी र शिक्षकहरुले साउनदेखी हालसम्म तलब भत्ता खान पाएका छैनन् ।

सिम्रौनगढमा जनता समाजवादी पार्टी(जसपा) र नेपाली काँग्रेसवीच विवाद छ । नगरप्रमुख कलवार लोसपाबाट निर्वाचित हुन । नगरसभामा नेपाली कांग्रेसको बहुमत छ ।

यसअघि नगरप्रमुख कलवारले नगरसभा सम्पन्न भएको भनेर सार्वजनिक गरेपछि नेपाली कांग्रेसका जनप्रतिनिधिहरूले भने नगरसभा नभएको भन्दै विरोध गरेका थिए । विवाद र आन्दोलनका कारण सिम्रौनगढ नगरपालिका ठप्प अवस्थामा रहेको छ ।

सिम्रौनगढमा करार कर्मचारी,तथा शिक्षकहरु करिब दुई महिना देखि तलब माग गर्दै आन्दोलनमा रहेका छन् । जनप्रतिनिधिहरु नगर सभा गर्न भनेर आन्दोलित रहेका छन् । स्थानीय तहको निर्वाचन पछि मेयर कलवार विजयी भए पनि उनी अल्पमतमा रहेका छन् ।

बहुमतमा रहेको पक्ष कलवारको प्रतिरोध गरिरहेका छन् । यसले गर्दा यहाँ अप्रिय स्थिति भएको हो ।
टाउँकोमा गोली लागि मृत्यु हुने मुखिया सर्वसाधारण हुन् । सिम्रौनगढ बजारबाट फर्किने क्रममा उनलाई गोली लागेको स्थानीयको दावी रहेको छ ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *