बारा । बारामा निर्वाचनको सम्पुर्ण तयारी पूरा भएको छ । मतदानका लागि खटिएका सबै कर्मचारी मतदानस्थलमा पुगेर आइतबार (भोलि) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनका लागि मतदानस्थल र केन्द्रमा खटिएका कर्मचारी आ–आफ्नो स्थल र केन्द्र पुगेर सर्वदलीय बैठक सम्पन्न गरी निर्वाचनका लागि आवश्यक भौतिक पूर्वाधार र निर्वाचन आयोगले तोकेका सबै काम पूरा गरिसकेको मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्याय ले जानकारी दिएका छन् । बारामा ३०५ वटा मतदानस्थल र ५५५ मतदान केन्द्र र एउटा अस्थायी मतदान केन्द्र रहेको छ । फोटो : प्रहलाद चौरसिया