मृगौला पीडितलाई सहयोगको अपिल

गढीमाईखवर डट कम
164 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ निवासी आयुषकुमार गुप्ताले आफ्नो जीवनरक्षाको लागि सहयोगको अपिल गरेका छन् । एउटा मात्र मृगौला रहेको २४ वर्षीय गुप्ताको मृगौलाले काम गर्न छाडेपछि उनले अस्पतालकै बेडबाट आफ्नो उपचारमा आर्थिक सहयोगको लागि आह्वान गरेका हुन् ।गुप्ताले ६ महिना अगाडि मात्र आफ्नो बुवा गुमाएका छन् । मुटु सम्बन्धि रोगका कारण ज्यान गुमाएका बुवा प्रह्लाद गुप्ताको उपचारमा लाखौँ खर्च गरिसकेका उनको परिवारसँग अब उपचारका लागि पैसा छैन । उनको मृगौला प्रत्यारोपणको लागि १० लाख लाग्ने परिवारजनले जनाएको छ ।

सहयोगका लागि
खाताको नाम : Aayush Kumar Gupta
खाता नम्बर : 𝟏𝟓𝟏𝟎𝟎𝟖𝟔𝟏𝟕𝟕𝟖𝟎𝟎𝟎𝟏𝟔
बैंकको नाम : 𝐌𝐚𝐜𝐡𝐡𝐚𝐏𝐮𝐫𝐜𝐡𝐡𝐫𝐞 B𝐚𝐧𝐤
सम्पर्क नं. : ९८४५९३२४००

ट्यागहरू :
साझा गर्नुहोस्