सर्लाहीमा पुनः दुइ समुदाय विच झडप,अवस्था तनावग्रस्त

गढिमाइ खबर
261 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

सर्लाहीको सदरमुकाम मलंगवामा दुई समुदायबीच भएको झडपको हप्तौं नबित्दै फेरि हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ ।

बिहिबार पनि सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ३ स्थित गणेश चतुर्थीको मुर्ति सेलाउन जाने क्रममा झडप भएपछि अवस्था तनावग्रस्त बनेको छ। झडप नियन्त्रण गर्ने ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

झडपको क्रममा केही व्यक्ति घाइते समेत भएको र उपचारको लागि प्रदेशिक अस्पताल मलंगवामा पठाइएको स्थानीयले बताए।

दुई समुदाय बिच झडप हुँदा मुसैली निवासी एक युवा माथि चक्कु प्रहार हुँदा गम्भीर घाइते भएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर रेफर गरिएको छ ।

मुर्ति सेलाउने क्रममा हिन्दू समुदाय माथि मुस्लिम समुदायका केही व्यक्तिले घरको छतमाथि बाट तातो पानी र ढुंगा फालेको स्थानिय हिन्दू पक्षधरहरुको भनाइ रहेको छ।

केही दिन अगाडि भएको झडप पस्चात दुई समुदायका बिच सदभाव कायम गर्न रैलि समेत निकालिएको थियो तर आज पुनः झडप भएको छ।

उक्त घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज राति १० बजेदेखि अर्को आदेश नआउन्जेल सम्म कर्फ्यु जारी गरेको छ ।

साझा गर्नुहोस्