बारामा ३ सय १० लिटर अबैध घरेलु मदिरा नष्ट

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 85
पढ्न लाग्ने समय : 1 मि.

बारा प्रहरीले ३ सय १० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।

अस्थाई प्रहरी पोष्ट डुमरवानाबाट शुक्रबार खटिएको प्रहरी टोलिले बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. १४ स्थित धैरघारी ७ स्थानमा सञ्चाल गरेको अबैध मदिरा भट्ठी नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार तयारी मदिरा अन्दाजी मुल्य एक हजार बराबरको १० लिटर,१८ हजार रुपैयाँ मुल्य बराबरको कच्चा पदार्थ ३ सय लिटर नष्ट गरिएको हो ।

प्रहरीले ५ स्थानमा संचालित भट्ठी समेत नष्ट गरेको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।