कलैया : कलैया उपमहानगरपालिका वडा नम्बर ३ स्थित सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयको परिसरमा निर्माण भईरहेको क्यान्टिन र गार्ड रुमको कार्य गुणस्तरहीन रहेको स्थानीय वासिन्दाले आरोप लगाएका छन्।
क्यान्टिन र गार्ड रुमको कार्य गुणस्तरहीन रहेको आरोप स्थानीय विवेक तिवारीले लगाएका हुन्।
निर्माण भईरहेको पर्खालमा ईटालाई बिना पानीले सफा गरी प्रयोग गरेको उनले आरोप लगाए। विना लेबलले पर्खाल जोडदै तथा निर्माण भईरहेको क्यान्टिन र गार्ड रुमको कार्य गुणस्तरहीन रहेको आरोप तिवारीको रहेको छ।
क्यान्टिन र गार्ड रुम निर्माणको लागत एक लाख १० हजार रुपैयाँ रहेको सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक छविरमण सुवेदीले बताए। उक्त ठेक्का र ठेकेदारसंग भएको सम्झौता पत्र बिद्यालय व्यवस्थापन समितिका अध्यक्षले आदेश दिएमा मात्र देखाउने उनले बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिन्द्रनाथ शर्माले यस विषयमा केही जानकारी दिन मानेनन्। उनले आरोप गलत रहेको प्रतिकृया दिए।









