सिकेन्द्र पासवान/
५ दलिय गठबन्धन भित्र रहेका जनता समाजवादी,नेकपा माओवादी एवम नेकपा समाजवादी पार्टी काँग्रेसलाई बाइपास गर्दै नयाँ शिराबाट कलैया उपमहानगरपालिकामा गठबन्धन, तालमेल गरि चुनाव लडने जानकारी गराएका छन ।
बाराको सदरमुकाम कलैयामा बिहीबार पत्रकार सम्मेलन गरि तीन दलले सोको जानकारी गराएका हुन ।
गठबनधनको केन्द्रीय परिपत्र अनुसार पालिकाहरुमा नेपाली काँँगेसका सभापतिको सभापतित्वमा बैठक बसी गठबन्धनका बारेमा छलफल गरी निस्कर्षमा पुग्ने निर्णयलाई चुनौती दिदै ती तीन दलले काँग्रेसको सहभागिता बिना नै पत्रकार सम्मेलन मार्फत गठबन्धन गरि अगाडी बढने कुरा जानकारी गराउनुले पनि काँग्रेससंग सहकार्य तोडने कुरा प्रष्ट हुन्छ ।
लोकतन्त्रलाई संस्थागत गर्न, संविधानको रक्षा गर्न, तानाशायी प्रवृतिलाई रोक्नका लागि नै गठबन्धन गर्नुपरेको सो अवश्रमा जानकारी गराउनु भएको थियो । भागबन्डामा मेयर,उपमेयर,वडाअध्यक्ष कति कुन दलले लिने भने प्रष्ट पारेनन् ।
जनता समाजवादी पार्टीका कलैया उपमहानगरपालिकाका अध्यक्ष शिवनाथ पटेलको अध्यक्षतामा सम्पन्न सो पत्रकार सम्मेलनमा नेकपा माओवादीका नगर अध्यक्ष मुकेश साह,नेकपा एसका नगरअध्यक्ष अरुण खनालले गठबन्धनका बारेमा पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए ।
कलैया उपमहानगरपालिकामा नेपाली काँग्रेस पार्टीको तर्फबाट मेयरमा राजेश राय यादव निर्वाचित भएका हुन । उपमहानगरपालिकामा भने २७ वडा रहेको छ ।
२०७४ सालको स्थानिय निर्वाचनमा नेपाली काँग्रेस पहिलो, एमाले दोस्रो, तत्कालिन फोरम नेपाल तेस्रो, नेकपा माओवादी चौथौ स्थानमा मत ल्याउन सफल भएको थियो ।
पत्रकार सम्मेलनमा संविधान सभा सदस्य प्रमोद गुप्ता, जसपाका केन्द्रिय सदस्यहरु रामकिशोर यादव, प्रकाश चौगाई, पारस साह, नेकपा एसका नेता धु्रर्व यादव लगायतको सहभागिता रहेको जसपाका यूवा नेता सुजित पाण्डेयले जानकारी दिए ।