प्रहरीले रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कुशवाहा हत्याको मुख्य अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रहरीको उच्च स्रोतबाट प्राप्त जानकारी अनुसार क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्याको मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई पक्राउ गरेको प्रहरी स्रोतले गरेको छ ।
प्रहरीले विषेश सूचनाको आधारमा बुधबार मुख्य अभियुक्त कुशवाहालाई विराटनगरबाट पक्राउ गरेको स्रोतले बताएको छ ।
पक्राउ परेका कुशवाहालाई जिल्ला प्रहरी कार्यालय बारामा ल्याउने काम भईरहेको स्रोतले जनाएको छ । हत्या भएको झण्डै ६ महिनापछी मुख्य अभियुक्त कुशवाहालाई पक्राउ गरेर बारा प्रहरीलाई सफलता मिलेको छ ।
गत जेठ ३२ गते साँझ साढे पाँच बजेको समयमा जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ खजुरीया निवासी क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या गरिएको थियो।
क्याम्पस प्रमुख कुशवाहा मोटरसाईकल चलाई खजुरियाबाट कलैयातर्फ आउने क्रममा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा टोल स्थित ग्रेवल सडक खण्डमा पुग्दा अपरचित व्यक्तिहरुको समूहले गोली हानी हत्या गरेका थिए ।