बारामा बस दुर्घटना : दर्जनौं यात्रु घाईते

गढिमाइ खबर
91 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

बारा । बारामा बस दुर्घटना हुँदा दर्जनौं यात्रु घाइते भएका छन् ।वीरगन्जबाट नारायणघाटतर्फ जादै गरेको ना५ख २१४८ नम्बरको बस पथलैया–सिमरा सडकखण्ड अन्तर्गत हुलासमा बस दुर्घटना भएको हो ।

उक्त बस दुर्घटना हुँदा बसमा सवार अधिकांस यात्रु घाइते भएका छन् । घाइतेमध्ये केही अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय सिमराको प्रहरी नायब उपरिक्षक प्रदीप बहादुर बहादुए क्षेत्रीले बताए ।

घाइतेको अहिले सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भईरहेको छ भने गम्भिर घाइतेलाई थप उपचारका लागी अन्यत्र लगिएको प्रहरीले जनाएको छ ।

ट्यागहरू :
साझा गर्नुहोस्