श्रीपुरस्थित क्रसर उद्योग बन्द गर्न माग गर्दै संघर्ष समितिद्वारा विरोध प्रदर्शन

गढिमाइ खबर
205 पाठक संख्या

कलैया : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २४ स्थित मिनाक्षी एग्रोगेट क्रसर उद्योग बन्द गर्न भन्दै संघर्ष समितिले आइतबार श्रीपुरमा विरोध प्रदर्शन गरेको छ।

उद्योगले अत्याधिक प्रदुषण गरेको र प्रदुषणको कारण स्थानीय नागरिक विरामी परेको भन्दै समितिले विरोध प्रदर्शन गरेको हो।

क्रसर अविलम्ब बन्द गर,क्षयरोगहरुको औषधि उपचारको जिम्मा ले,गाउघरमा क्रसर उद्योग खोल्न पाईदैन र वातावरण प्रदुषण गर्न पाईदैन भन्दै नारा लगाउदै संघर्ष समितिको अगुवाईमा स्थानीयहरुले विरोध प्रदर्शन गरेका हुन्।

मिनाक्षी एग्रोगेट क्रसर उद्योगले प्रदुषण फैलाई गाउँघरमा जनधनको क्षति तथा गाउँ समाजलाई विभिन्न किसिमका रोग फैलाएको भन्दै विरोध प्रदर्शन भएको हो।

क्षयरोग,दम,आँखाको समस्या,कान नसुन्ने,प्रेसर जस्ता रोग केही महिना देखि देखा परेकोले उक्त क्रसर विरुद्ध आन्दोलन गरिएको संघर्ष समितिले जनाएको हो।

उक्त क्रसरका कारण गाउँबासीलाई विभिन्न किसिमका समस्या आएको हुनाले र उद्योगलाई बन्द गरी कानुनी कारवाही गर्न माग गरिएको छ।

पीडितलाई क्षतिपूर्ति दिन संघर्ष समितिको माग गरिएको छ। सो क्रसरको प्रदुषणबाट स्थानीय १७ जना बालबालिका तथा जेष्ठनागरिकहरु क्षयरोगबाट पीडित भएका छन्।

साझा गर्नुहोस्