बारा। लगातार परेको अविरल वर्षाका कारण दुधौरा खोलाको पुलबाट हाम फालि टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।
बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय विकी गोसाइँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बेपत्ता भएका गोसाईको शव ६ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक फेला परेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।
असोज १९ गते आइतबार बिहान दुधौरा खोलामा टिकटक भिडियो बनाउनलाई २० वर्षीय अनुराग केशरवानी र गोसाई हाम फालेका थिए । केशरवानी पौडेर नदी किनारमा आएका थिए भने गोसाई बेपत्ता भएको थिए ।
गोसाईको शव प्रादेशिक अस्पताल कलैयामा पिस्टमार्टमका लागि राखिएको प्रवक्ता पण्डितले जानकारी दिए ।









