लघुबित्तीयले ऋण नै नभएको ब्यक्तिको नाममा ऋण देखाएपछि….

गढिमाइ खबर
195 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

रञ्जन यादव/
बारामा एक लघुवित्तीय संस्थाले ऋण नै नभएको व्यक्तिको नाम ऋण देखाएपछि सेवाग्राहीहरु आक्रोशित भएका छन ।

स्वालम्बन लघुबित्तीय संस्था,जीतपुर शाखाले ऋण नै नभएको ब्यक्तिको नाममा ऋण देखाएपछि रमौली लोसण्डाका सेवाग्राही आक्रोसित भएका छन् । उनीहरुले गाउँमा ऋणको ताकेता गर्न आएका जीतपुर, शाखाको कर्मचारी चढ्ने मोटरसाईकल खोसेर कर्मचारीलाई नियन्त्रणमा लिएका छन् । पाँच बर्ष अगाडी तिरी सकेको ऋण जम्मा गरिएको बचत निकाल्न जाँदा आफनो नाममा देखाएपछि उनीहरु अचम्मित भएका हुन् ।

रमौली निवासी लालमती देबिको देहान्त भएको करिब ५ बर्ष भन्दा बढी भयो । उहाँको छोरा सहित आफन्तहरु बैँकमा गई हिसाब किताब गरी ऋण तिरिसकेका थिए । तर बचत निकाल्न जाँदा अचानक आमाको नाममा २५ हजार रुपैया ऋण छ भन्ने देखाएर बैँकका कर्मचारीले बचत निकाल्न नमान्दा यो रहस्य बाहिर आएको हो ।

भाद्र महिनामा तिरिसकेको ऋण शिवपुजन देवीको नाममा १ लाख ५ हजार देखाएको छ । उनी आफनो नाममा ऋण देखाएपछि छानाबाट खसेको जस्तो भएकी छिन् । शिवकली महत्तोको नाममा ८ हजार ऋण देखाएको मिन्ता देबी कोईरी आफनो नाममा रहेको ऋण पाँच बर्ष अगाडि आफनो बचत र सँगै समुहमा बसेका साथीहरुको बचतबाट कटाएर तिरिसकेकी थिईन् ।

अचानक उनको नाम ऋणीको सुचीमा देखेपछि उनी पनि अचम्मीत छिन् । मिन्ता देबिको नाममा ४५ हजार ऋण देखाएको छ । यसरी समुह जमानीमा बस्ने महिलाहरुले ऋण तिरिसकेको तर नाममा ऋण देखाईरहेको रकम ६ लाख ७६ हजार रुपैया रहेको छ ।

स्वालम्बन लघुबित्तीय संस्था ,जीतपुर शाखाका प्रबन्धक सन्त कुमार मण्डल पनि अचम्मितमा छन् । उनी जीतपुर शाखामा आफु नयाँ भएकाले ५ बर्ष अगाडि के भएको हो । भन्ने कुराको बिषयमा जानकारी नभएको बताए । प्रबन्धक मण्डलले आफु सम्फटवेयरमा ती महिलाहरुको नाममा ऋण देखिएपछि आफुले बचत रोकेको जानकारी दिनुभयो ।

पाँच बर्षसम्म ऋणीहरुको नाममा ऋण भन्ने कुराको जानकारी किन नदिएको हो भन्ने प्रश्नमा आफु यस बिषयमा केही भन्न नसक्ने बताए । यस बिषयमा आफुले क्षेत्रीय कार्यालयमा जानकारी गराईसकेको जनाए ।

साझा गर्नुहोस्