बन ब्यवस्थापनमा मधेसी महिलाको अधिकार र भुमिका सम्बन्धमा पथलैयामा अन्तरक्रिया

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 312
पढ्न लाग्ने समय : 2 मि.

रञ्जन यादब/

राष्ट्रिय जन वकालत मञ्चले बाराको पथलैयामा बन ब्यवस्थापनमा मधेसी महिलाको अधिकार र भुमिका सम्बन्धमा मधेसी महिलाहरुसँग एक दिने अन्तरक्रिया गरेको छ । एकोफन मधेशप्रदेश अध्यक्ष तथा गढीमाई साझेदारी बन ब्यवस्थापन समितीका अध्यक्ष गणेशजी प्रसाद साहले आमाले छोराछोरीलाई हुर्काए जस्तै आफनो वरपर बोटबिरुवा रोपेर हुर्काउँनुपर्नेमा जोड दिनुभयोे ।

 

हरेक स्थानीय तहलाई बोटबिरुवाको संरक्षण र प्रबद्र्धन क्षेत्रमा बजेट छुट्याउँन र त्यसको सहि कार्यान्वयन गर्नमा दबाब दिनुपर्नेमा उहाँले महिलाहरुलाई जोड दिनुभयो । बिकास ,निर्माणको काम गर्न बन जङ्गल सम्झिने तर बन जङ्गल स्याहार सुसार गर्ने ध्यान नदिनु दुखद बिषय भएको बताउँनुभयो । त्यस्तै गढीमाई साझेदारी बन ब्यवस्थापन समितीकाको सभाहलमा आज भएको अन्तरक्रियामा जितपुरसिमरा उपमहानगरपालिका ,परवानीपुर गाउँपालिका ,प्रसौनी गाउँपालिका ,फेटा गाउँपालिका र बिश्रामपुर गाउँपालिकाको करिब २ सय सङ्ख्यामा मधेशि महिलाहरुको सहभागिता रहेको थियो ।

 

बन क्षेत्र तथा खेतीपातीमा लागेका  मधेशि महिलाहरुको बनमाथिको अधिकार सुरक्षित गर्न र त्यसको  संरक्षण  तथा प्रबद्र्धनमा भुमिका स्थापित गर्न कार्यक्रमको आयोजना गरीएको राष्ट्रिय जन वकालत मञ्च का बन बिज्ञ भोला भट्टराईले जानकारी दिनुभयो । सरकार तथा गैह्र सरकारी संस्थाले जुन किसिको लगानी गरेर पहाडि महिलाहरुको बनमाथिको हक ,अधिकार स्थापित गरेका छन् ,त्यस्तो किसिमको लगानीमधेसी महिलाको हकमा कम देखिने गरेको बनबिज्ञ भट्टराईले बताउँनुभयो ।.

एकोफनका मधेश प्रदेश सचिव संजिता ठाकुरले अहिले पनि मधेशका महिलाहरु बिभिन्न परम्परा ,सँस्कृती तथा रहनसहनले गर्दा घरकै कामकाजमा सिमित हुने गरेको बताउँनुभयो । बन क्षेत्रमा कार्यरत महिलाहरुको भबिष्य उज्जवल रहेकाले आ आफनो क्षेत्रबाट योग्दान दिनुपर्ने धारणा राख्नुभयो । एकोफनको मधेश प्रदेश सचिव ठाकुरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बिकल्प भट्टराईले गर्नुभएको थियो । गोष्ठीमा गढीमाई साझेदारी बन ब्यवस्थापन मुल कमिटी सदस्य ममता कुमारी बैठा ,निर्मला साह ,गोपाल साह ,धुब्र प्रसाद साह ,बिशेश्वर पटेल लगायतको सहभागिता रहेको थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।