प्रादेशिक अस्पताल कलैयामा चरम लापरबाही सेवाग्राहीहरु मारमा, सम्बन्धित निकाय मौन

गढिमाइ खबर
109 पाठक संख्या पढ्न लाग्न समय 3 मिनेट
पढ्न लाग्न समय 3 मिनेट

सन्दिप यादव/

बाराको सदरमुकाम कलैयामा रहेको जिल्ला अस्पतालबाट प्रादेशिक अस्पतालमा उन्नति गरिएका अस्पतालको अवस्था खस्दो रहेको छ । सरकारी अस्पतालको अवस्था लथालिङ्ग हुन पुगेको छ ।

प्रादेशिक अस्पताल कलैयामा कुरुवा घर ,क्यान्टीनको व्यवस्थापन र डिप बोरिङ अति आवश्यकता भएपनि आश्ववास बाहेक केही नभएको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाइले बताएका छन् ।

अस्पतालमा अधिकाँश करारमा रहेका कर्मचारीहरुलाई तलब पुगिरहेको छैन ,त्यसमा पनि अहिले कुरुवा बस्ने घर कहाँबाट बनाउने भने अस्पताल प्रशासनले सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराएको भएपनि अहिले सम्म कहिकतैबाट सहयोग नपाएपछि कुरुवालाई राति अस्पतालमा बस्न धेरै कठिन हुने गरेको छ । कहिलेकाही बस्ने स्थिति सृजना हुने गरेकोले अस्पतालकै ठुलो समस्याको रुपमा रहेकाले यसतर्फ सम्बन्धितको ध्यान जानू जरुरी रहेको विकास समितिका अध्यक्ष चौगाइले बताएका छन् ।

यस्तै अस्पतालमा डिप बोरिङको अति आवश्यकता छ तर हामीले बारा जिल्लाकै पुर्व खानेपानी मन्त्री भएका उमाकान्त चौधरी कहाँ भेटेर नै मन्त्रालयमा सबै जानकारी गराउँदा मन्त्रीबाट बजेट सम्बन्धमा आश्ववासनको पत्र बाहेक केही उपलब्ध हुन नसकेको प्रशासन शाखाका प्रमुख यादवले बताए ।

अस्पतालमा अहिले पानीको समस्याले प्रसुति गृह देखि लिएर सबै वार्डमा सरसफाइ गर्न समस्या हुनुको साथै अधिकाँश काम बाँकी रहन थालेको समेत प्रशासन शाखाका प्रमुख यादवले बताएका छन् ।
आईसीयू वार्डमा एसि नचल्दा सेवाग्राहीहरु मारमा परेका छन् । एउटा फ्यानले ३ जना बिरामीहरु हावा खाने गरेको पाइएको छ । महिनौं देखी एसि मर्मत नहुदा धेरै दिन देखि बसेका बिरामीहरुलाई घाउ आउने र आईसीयू वार्ड बस्न समेत गा¥हो भएको छ । आईसीयू वार्डका कर्मचारीहरु पीडित भए पनि प्रमुखको दबाबका कारण काम गर्दै आएका छन् ।

सरुवा रोगका बिरामीलाई एउटै वार्डमा राख्ने गरेका छन् । करारको कर्मचारी भन्दै हेला गर्दै आएका एक स्टाफले बताएका छन् । कलैया उपमहानगरपालिका का नगर प्रमुख विनोद साह, निवर्तमान प्रतिनिधि सभा सदस्य रामबाबू यादव ,बिकास समितिका अध्यक्ष प्रकाश चौगाइ लगायतका प्रतिनिधि तथा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नाथु साहको रोहवरमा चार वटा डाक्टर नियुक्त गर्ने र एम्बुलेन्सलाई टेन्डर गर्ने गरेको निर्णय बाहिर आएको छ ।

केन्द्र र प्रदेश सरकारले समयमा अस्पतालमा जनशक्तिको पूरा गर्न नसक्दा १८ घण्टा सम्म डाक्टर खटिने अवस्था सृजना समेत भएको छ । दिनहुँ ४ देखि ५ सय सम्म पुर्जी काटिने गरेको हप्तामा ३ देखि ४ हजार सम्मको बिरामीको व्यवस्थापन गर्नु चानचुने कुरा नभएको प्रशासन शाखाका प्रमुख यादवले बताएका छन् ।

तर बाराबासीको स्वास्थ्य स्थिति मजबुत बनाउन आफूहरुले कार्य तालिका भन्दा बढी नै काम गर्ने गरेको बताए। मेडिकल सुपरिटेन्डेन्ट र विकास समितिका अध्यक्ष हुदाहुदै क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य समेत रहेका पुर्व मन्त्री ज्वाला कुमारी साह र प्रदेश सभा सदस्य विधायक महम्मद समीरको ध्यान नगएका कारण अहिले जिल्लाबासीको ध्यान जानु जरुरी रहेको सेवाग्राही नागेन्द्र साहले जानकारी दिएका छन् ।

जिल्ला भरिका मानिस अस्पतालमा आउँछ तर राति कुरुवालाई बस्ने ठाउँ नहुनु आफै लज्जास्पद रहेको समेत सेवाग्राही मण्डले बताएका छन् । सम्बन्धित निकायको ध्यान नगए अस्पतालको अवस्था डमाडोल हुने स्वास्थ्य क्षेत्रका विज्ञहरुको भनाई रहेको छ ।

साझा गर्नुहोस्