नेपाली काँग्रेसद्धारा सिम्रौनगढ घटनाको विरुद्धमा पुर्वपश्चिम राजमार्गमा विरोध प्रर्दशन सहित चार घण्टा सडक अवरुद्ध

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 87
पढ्न लाग्ने समय : 3 मि.

प्रहरीको गोली लागेर सिम्रौनगढमा एक जनाको मृत्यु भएको घटनाको विषयलाई लिएर शनिवार पुर्वपश्चिम राजमार्ग अन्तरगत बाराको निजगढ स्थित बकैया पुलमा विरोध प्रर्दशन सहित चार घण्टा सडक अवरुद्ध गरिएको छ ।

सिम्रौनगढ घटनाको विरोधमा नेपाली काँग्रेस बारा क्षेत्र नम्बर १ को आयोजनामा दिउसो करिब १ बजेदेखि साँझ पाँच बजेसम्म बकैया पुलमा चक्काजाम सहित प्रर्दश गरिएका थियो ।

गत बुधवार सिम्रौगढ नगरपालिकामा प्रहरी र आन्दोलनरत शिक्षक,कर्मचारीवीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर सिम्रौनगढ नगरपालिका वडा नम्बर १ नामसंग्राढाट बस्ने लखिन्द्र मुखियाको छोरा वर्ष २५ को लक्ष्मी मुखियाको मृत्यु भएको हो । सोही घटनाको विरुद्धमा प्रर्दशन भईरहेको छ ।

विभिन्न माग सहित नेपाली काँग्रेसले सडक अरुवरुद्ध गर्दै राजमार्गमा प्रर्दशन गरेको जनाएको छ । सयौको संख्यामा जम्मा भएका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले टायर बालेर सडक अवरुद्ध गर्नुको साथै विरोध प्रर्दशन गरीएको छ ।

सो अवसरमा प्रर्दशनकर्ताहरुले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख किशोरी साह कलवारको पुत्ला दहन गर्दै उनीहरुको राजीनामा समेत माग गरिएको एक नेताले बताए ।

मुख्यमन्त्री यादव र नगरप्रमुख कलवारकै हठका कारण घटना भएका भन्दै उनीहरुको पुल्ता जलाउदै विरुद्धमा समेत नाराबाजी गरिएको थियो ।

यसैगरी शान्तिपुर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेर निर्दोष मानिसको हत्या गरेको भन्दै ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख रबिभुषण यादवलाई निलम्बन गरि कारवाही गर्न समेत माग गरिएको छ ।

प्रर्दशन पश्चात आयोजित विरोध सभामा नेपाली काँग्रेसका विभिन्न नेताहरुले सम्बोधन गरेका थिए । नेपाली काँग्रेस बारा क्षेत्र नम्बर १का सभापति बिजयशंकर यादबले मुख्यमन्त्री र नगरप्रमुखको कै कारण सिम्रौनगढ क्षेत्र रणभुमीमा परिणत हुन थालेको बताएका छन ।

उनीहरुको मनपरी तन्त्रकै कारण सिम्रौनगढ अस्पताल झण्डै डेढ बर्षदेखी र नगरपालिकाको कार्यालय झण्डै छ महिनादेखि बन्द अवस्थामा रहेको सभापति यादवले बताए ।

यसैरी सो अवसरमा नेपाली काँग्रेस बाराका उपसभापति मनोज भट्ट,निवर्तमान सभापति जयचन्द चौरसिया,सचिव भैयाराम यादव,सहसमिचव राजेश रौनियार,कोषाध्यक्ष बासु चौधरी,क्षेत्रीय सभापति लगायतको सहभागिता रहेको थियो ।

यता सोही कार्यक्रममा पुगेका महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले प्रहरीको गोली लागी मृत्यु भएका लक्ष्मी मुखिया बिनको परिवारलाई पाँच लाख सहयोग गर्ने घोषणा गरेका छन्।

उनले बिनलाई सरकारबाट सहिद घोषणा गराउने र सहिद घोषणा भएपश्चात नगरपालिकाबाट निर्णय गराएर उक्त रकम उपलब्ध गराउने बताएका हुन ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।