कालो पत्रे सडकमा झरेको माटोले दुर्घटना निम्तयाउदै

गढिमाइ खबर
74 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : कलैया वीरगञ्ज सडक अन्तर्गत पर्ने प्रसौनी गाउँपालिका स्थित दुधौरा खोला पुल देखि बिद्यालय सम्मको कालेपत्रे सडकमा झरेको माटोका कारण शुक्रबार बिहान चार वटा मोटरसाईकल दुर्घटनामा परेका छन ।

शितलहरका कारण सडकमा झरेको माटो भिजेर चिप्लो भएपछि उक्त मोटरसाईकल दुर्घटनामा परेका हुन ।

सडकमा झरेको माटो भिजेर चिपलो बनेपछि सवारी साधन गुडाउन अप्ठयारो भएको चालकहरुले बताएका छन । सडक चिप्लो बनेपछि बिहान पांच बजेको समयमा चार वटा मोटरसाईकल दुर्घटनामा परेको प्रत्यक्षदर्शी कलैया १७ निवासी मुकेश महतोले बताएका छन ।

महतोले सडक चिप्लो भएकाले आफु पनि दुर्घटनामा परेको गुनासो गरे । माटो ढुवानी गर्ने सवारी साधनहरु माटो छोपेर ढुवानी नगर्दा रोडमा माटो झरेर दुर्घटना निम्तयाउने गरेको उनले बताए ।

बिगत केही दिन देखि शितलहरले रोड भिजेका कारण सवारी साधनहरु चिपलिएर दुर्घटनामा पर्ने गरेका छन ।

माटो ढुवानी गर्ने सवारी साधन माथि कडाई नभएकाले क्षमता भन्दा बढी माटो लोड गरी ढुवानी गर्ने गरेका छन । उनले सडक सुरक्षामा ध्यान दिन स्थानीय सरकार संग माग गरे ।

साझा गर्नुहोस्