बारामा २ जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 79
पढ्न लाग्ने समय : 1 मि.

बारा प्रहरीले बिभिन्न मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

प्रहरीले कुटपिट मुद्दामा अदालतबाट २ सय रुपैया जरिवाना पाएका बाराको महागढीमाई नगरपालिका वडा नं. १ बस्ने अन्दाजी ३८ वर्षीय धर्मेन्द्र साह कानुलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।

त्यसैगरी प्रहरीले लेनदेन मुद्दामा अदालतबाट १० हजार रुपैयाँ जरिवाना पाएका देवताल गाउँपालिका वडा नं. ६ रौवाही बस्ने अन्दाजी ७० वर्षीय बुटाई पण्डित पनि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।