कलैया : प्रहरीले बाराको फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणी टोलबाट मंगलबार अबैध लागु औषध ब्राउन सुगर सहित एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय पार्वती महतो रहेकी जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनको साथ बाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १० ग्राम १६० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।
पार्वतीले लागू औषध बेच बिखन गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी नायब निरिक्षक रामकिशुन यादवको कमाण्डमा खटि गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
उनको घर खनतलासी गर्दा कपडाको झोला भित्र रहेको प्लाष्टिकको सानो बट्टा भित्र प्लाष्टिकको सानो सानो पुरियामा बनाई लुकाई छिपाई राखेको अवस्था उक्त परिमाणको लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ।
वरामद भएको अबैध लागू औषध ब्राउन सुगर सहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको बारा प्रहरीले जनाएको छ ।









