मधेस प्रदेसमा उत्कृष्ट बन्यो तामागढी साकोस

गढिमाइ खबर
112 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कोल्हवी : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)ले गरेको मुल्याङ्कनमा बाराको कोल्हवीमा रहेको तामागढी बचत तथा ऋण सहकारी संस्था लि. मधेस प्रदेशमै उत्कृष्ट सहकारी घोषित भएको छ ।

नेफ्स्कूनले ३८ औँ स्थापना दिवसको अवसरमा शनिबार काठमाडौमा आयोजित कार्यक्रममा तामागढी सहकारीलाई ‘मधेस प्रदेश उत्कृष्ट सहकारी’ संस्थाको रुपमा सम्मानित गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले संस्थाका अध्यक्ष एकराज आचार्यलाई सम्मान पत्र सहित सम्मानित गरेको हो ।

नेफ्स्कूनले विगतमा स्थापना दिवसमा मात्र घोषणा गरी साधारण सभाको अवसरमा पुरस्कार वितरण गर्दै आएकोमा यस वर्षदेखि भने स्थापना दिवसकै अवसरमा सम्मान प्रदान गर्न सुरु गरेसंगै उत्कृष्ट सहकारीहरुलाई सम्मान गरेको छ ।

नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा स्थापना दिवस सम्पन्न भएको हो । मधेस प्रदेशमै उत्कृष्ट भएको तामागढी बचत तथा ऋण सहकारी संस्थाले मुख्य कार्यालय कोल्हवी सहित चार वटा सेवा केन्द्रबाट सेवा दिईरहेको छ ।

यो सहकारीमा झण्डै सात हजार शेयर सदस्यहरुवीच सेवा दिदै आएको सहकारी संस्थाका मुख्य प्रबन्धक बासुदेव रिमालले जानकारी दिएका छन ।

साझा गर्नुहोस्