काँग्रेस बाराको चुनाव फेरि आजहुँदै,रामान्द्र यादवको समर्थन राजेश यादवलाई

गढीमाईखवर डट कम
248 पाठक संख्या

नेपाली काँग्रेस बाराको बुधवार समपन्न निर्वाचनको सभापति पदका तीन उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत पुर्याउन नसकेपछि फेरि दोस्रो पटक शनिवार चुनाव हुन्दैछ ।

श्री ३ चन्द्र माविमा सभापतिका उम्मेदवार राजेश राय यादव र शम्भुबहादुर बुढाथोकी बीच दोस्रो पटक टक्कर हुने भएको हो ।

कुल २४ सय ८२ मतदाता रहेकोमा जम्मा २४ सय मत खसेको थियो ।

जसमध्ये कसैले पनि ५१ प्रतिशत मत पुर्याउन नसकेको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए ।

शनिवारको चुनावमा देउवा पक्षीय उम्मेदवार शम्भु बहादुर बुढाथोकी र राजेश राय यादव बीच प्रतिस्पर्धा हुँदैछ ।

यसैबीच संस्थापन इतर पक्ष अर्थात शेखर कोइराला पक्षबाट सभापतिका उम्मेदवार भई तेस्रो स्थानहा सिल गरेका रामानन्द यादव सहितको समुहले औपचारिक रुपमा पहिलो स्थान ल्याएका राजेश यादवलाई समर्थन गरेका छन् ।

कलैयाको करणराज प्यालेसमा शुक्रवार राती सहमहामन्त्री उमाकान्त चौधरीको रोहबरमा रामानन्द यादवले राजेश राय यादवलाई समर्थन गरेका हुन् ।

उनले समर्थन गरेपछि ती समुहका कतिपय स्थानीय नेताहरु असन्तुष्टी व्यक्त गरेका छन् ।

पहिलो चुनावको नतिजा सभापतिका उम्मेदवार राजेश राय यादवले ८ सय ३३ मत सहित पहिलो स्थान, शम्भुबहादुर बुढाथोकी ८०९ मत सहित दोस्रो र रमानन्द यादव ७०८ मत सहित तेस्रो स्थान ल्याउन सफल भएका थिए ।

२८ मतभने बदर भएको थियो । ५१ प्रतिशत मत कसैले ल्याउन नसकेको हुदा तेस्रो स्थानमा रहेको रामानन्द यादव निर्वाचनबाट बाहिरिएका हुन भने दोस्रो चरणमा पहिलो भएको यादव र दोस्रो भएका बुढाथोकी बीच निर्वाचन हुँदैछ ।

 

साझा गर्नुहोस्