प्रशासनिक भवन जीतपुरमा बनाउँन लागेको भन्दै नगर प्रमुख राजन पौडेलको बिरोध

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 646
पढ्न लाग्ने समय : 1 मि.

रञ्जन यादब/बारा

जीतपुरसिमरा उपमहानगरपालिकाको प्रशासनिक भवन जीतपुरमा बनाउँन लागेको भन्दै केही कार्यपालिका सदस्यहरुले नगर प्रमुख राजन पौडेलको बिरोध गरेका छन् ।

केही दिन अगाडि सम्पन्न कार्यपालिका बैठकमा नगर प्रमुख पौडेलको यो कार्यप्रति आपत्ती जनाउँदै उनीहरुले त्यसको बिरोध गरेको स्रोतले जनाएको छ ।

कसको सल्लाहले तपाईले जीतपुरमा प्रशासनिक भवन बनाउँन लाग्नु भएको हो भन्दै ती कार्यपालिका सदस्यहरुले नगर प्रमुख राजन पौडेललाई बैठकमा रयाखरयाखी पारेका थिए ।

यो बिषयलाई लिएर जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलसँग प्रतिक्रिया लिन खोज्दा उनले प्रतिक्रिया दिन मानेन्न ।

जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयको प्राङ्गनमा पाँच तल्ले प्रशासनिक भवन निर्माण कार्य भईरहेको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।