सिमरा : बारामा जंगल भित्रको कुलोमा एक महिला मृत अवस्थामा शव फेला परेको छ ।
जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १७ स्थित साझेदारी वनको कूलोमा शनिबार एक महिलाको मृत अवस्थामा शव फेला परेको हो ।
प्रहरीका अनुसार नाम थर तथा वतन नखुलेको अनुमानित ३६ वर्षीया तराई मूलको जस्तो देखिने महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
उक्त शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए प्रहरी चौकी जैतापुरका ईन्चार्ज प्रहरी सहायक निरीक्षक निल प्रसाद मैनालीले जानकारी दिएका छन । मैनालीको कमाण्डमा टोली खटि गई घटनास्थल सुरक्षित राखेको थियो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहको कमाण्डमा सहितको टोलीले मुचुल्का उठाएको थियो ।
यसबारे थप अनुसन्धान कार्य भइरहेको र मृतक ती महिलको शव प्रादेशिक अस्पताल कलैयामा ल्याईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पण्डितले बताए ।









