राम मण्डल/
वीरगञ्जबाट हराएकी एक चार बर्षिय बालिकाको सामुहिक बालात्कार पछि हत्या भएको खुलेको छ ।
बीरगञ्जबाट गत साउन ५ गते हराएकी ती चार बर्षिय बालिकाको बालात्कार पछि हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरीले जनाएको छ । बालिकाको बालात्कार हत्याको अभियोगमा पर्सा प्रहरीले तीन जनालाई पक्राउ परेपछि बालिकाकोे बालात्कार पछि हत्या भएको खुलेको हो ।
प्रहरीले बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने १९ वर्षका जफ्रुदिन भनिने सलमान खान, वडा नम्बर १६ बस्ने १८ वर्षका सलमान खान र एक जना १२ वर्षका नाबालकलाई पक्राउ गरेको जनाएको छ । गत साउन ५ गतेदेखि वीरगञ्जकी चार वर्षकी बालिका हराएकी थिइन्।
त्यसको दुई दिनपछि ती बालिकाको शव वीरगञ्ज महानगरपालिक-२ छपकैयास्थित झाँडीमा फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा बालिकाको हत्या गरेको अभियोगमा पक्राउ परेका १२ वर्षका नाबालकसँग सोधपुछ गर्दा निज नाबालक सहित अन्य तीन जना मिलेर बालिकाको सामूहिक बलात्कार गरी हत्या गरिएको खुलेको पर्साका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिएका छन ।
पक्राउ परेका तीनै जनालाई जबर्जस्ती करणी तथा ज्यानसम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान अघि बढाइएको तथा घटनामा संलगन रही फरार रहेका एक जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।