बारामा शान्तिपूर्ण मतदान, २५ प्रतिशत मत खस्यो

गढिमाइ खबर
153 पाठक संख्या

 श्यामबाबु यादव/

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। हालसम्म करिब २५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतका सहायक प्रमुख निर्वाचन अधिकृत राजकुमार दहालले जानकारी दिएका छन्।

जिल्लाभर रहेका ३०५ मतदानस्थल र ५८७ मतदान केन्द्रमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले बताए। उनका अनुसार सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था मिलाइएकाले मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ।

निर्वाचन क्षेत्र नम्बर १ मा ८६ मतदानस्थल र १६१ मतदान केन्द्र रहेका छन्। त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा ८२ मतदानस्थल र १४५ मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन क्षेत्र नम्बर ३ मा ७६ मतदानस्थल र १४४ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नम्बर ४ मा ६१ मतदानस्थल र १३७ मतदान केन्द्र रहेका छन्।

जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीका अनुसार बारा जिल्लामा कुल ४ लाख ६५ हजार ७ सय ८४ मतदाता रहेका छन्। जसमध्ये २ लाख ५५ हजार ७ सय ६३ पुरुष मतदाता र २ लाख १० हजार ९ महिला मतदाता रहेका छन्।

निर्वाचन अधिकारीका अनुसार मतदान प्रक्रिया साँझ ५ बजे सम्म जारी रहनेछ।

साझा गर्नुहोस्