कलैया : बाराको फेटा गाउँपालिकाले आर्थिक बर्ष २०८२/२०८३ को लागि रु.४० करोड ९ लाख २२ हजार ३४४ रुपैयाँ बराबरको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाको सभाहलमा शुक्रबार आयोजित १६ औ गाउँ सभामा उक्त रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको हो। उक्त सभामा फेटा गाउँपालिकाकी उपाध्यक्ष निलम साहको तर्फबाट गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन्।
जसमा नेपाल सरकारको समानिकरण अनुदान ९ करोड ७१ लाख,सर्शत अनुदान १४ करोड ४५ लाख,समपुरक अनुदान ८४ लाख,राजस्व बाँडफाँड ८ करोड ३८ लाख ३९ हजार ८६४ रुपैया,बिशेष अनुदान चालु ७२ लाख रहेको छ ।
भने प्रदेश सरकारको समानिकरण अनुदान ६७ लाख ५८ हजार,समपुरक अनुदान २० लाख,बिशेष अनुदान चालु ३० लाख,राजस्व बांडफांड ५१ लाख २४ हजार ४८०,आन्तिरिक श्रोत एक करोड,अन्य आय तथा गत बर्षको नगद मौज्दात दुई करोड ५० लाख रहेको छ ।
गाउँपालिका अध्यक्ष रुस्तम अंसारीको अध्यक्षतामा भएको सभामा कार्यपालिका सदस्य,वडा अध्यक्ष,वडा सदस्य,गाउँपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।