वीरगञ्ज–३१ कोन्हियाँ र सानो परसवाका जनता भन्छन् हाम्रो मत एकमुष्ट रहबरमा

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 603
पढ्न लाग्ने समय : 1 मि.

वीरगञ्ज
पर्सा क्षेत्र नम्बर १ को क बाट पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहबर अन्सारीले चुनावी घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन ।

नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य रहेका अन्सारीले शनिबार बिहान वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ को कोन्हियाँ र सानो परसवा टोलमा घरदैलो गरेका हुन ।घरदैलोको क्रममा मतदाताहरुको आर्शिबाद लिदै उनले आफुलाई मत दिन आग्रह गरेका थिए ।

जवाफमा मतदाताहरुले आफनो मत एकमुट रहबरलाई नै दिने बाचा गरेका थिए ।यस क्षेत्रमा युवाहरु नेतृत्वमा आउनुपर्ने भन्दै अन्सारी नै त्यसको लागि उपयुक्त भएको मतदाताहरुको जिकिर थियो ।

अन्सारी पहिले देखि नै मतदाताहरुबीच बिभिनन असर काम गरेर लोकप्रिय रहेका छन ।यसपालि प्रदेश सभाको निर्बाचनमा उनलाई बिजयी गराउन पाँच दलीय गठबन्धनमा रहेको नेपाली काँग्रेस,लोसपा,एकीकृत समाजबादीका नेता कार्यकर्ताहरु समेत लागेका छन ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।