रञ्जन यादव/
रातीको समयमा बारामा दिनप्रतिदिन दुर्घटनामा बृद्धि भएपछि ट्राफिक प्रहरीले सचेतना फैलाउँन सुरु गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जिल्ला भरि नै सचेतना फैलाउने किसिमले गाडीको पछाडी टल्किने स्टीकर टाँस्ने काम गरिरहेका छ ।
बाराको कलैया उपमहानगरपालिकाको सिसहनियामा छड लोड गरेको ट्रेक्टरमा पछाडिबाट आएको मोटरसाईकल चालकले ठोकिँदा घटना स्थलमा एक शैनिक जवानको मृत्यु भएको थियो ।
जिल्ला भरि ट्राफिक युनिटहरुलाई गाडीको पछाडि स्टीकर टाँस्ने निर्देशन दिएको ट्राफिक कार्यालय बाराका प्रमुख प्रहरी निरिक्षक सुरेश ठाकुरले बताएका छन। महेन्द्र राजमार्गदेखि लिएर ग्रामीण भेगको सड्कमा दिनप्रतिदिन दुर्घटना बढदै गएको प्रति ट्राफिक प्रहरीले नयाँ रणनीतिको साथ काम गरिरहेको उनको भनाई छ ।
ट्राफिक युनिट नभएकाकेही ठाउँमा ट्राफिक प्रहरीको युनिट राख्ने प्रयास भईरहेको ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।