कलैया : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवनमा शुक्रबार बिहान सवारी दुर्घटना भएको छ । एक बस र एक मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाईकल चालक रौतहट बिजयपुर लक्ष्मिनिया नगरपालिका वडा नम्बर ५ बरगिनिया बस्ने ३५ बर्षिय अनिल प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बसको ठक्कर बाट गम्भिर घाईते भएका यादवलाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।
बरियारपुरबाट कलैया तर्फ आउदै गरेको ना ६ ख ५०६७ नम्बरको बस र विपरित दिशाबाट जादै गरेको ना ३९ प ७३६७ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । ठक्कर दिने बसलाई बारा प्रहरीको नियन्त्रणमा रहेको छ ।









