काउन्सिलको ५५ औँ वार्षिकोत्सवमा बाराका दुई पत्रकार सम्मानित हुँदै

गढिमाइ खबर
269 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

बारा : प्रेस काउन्सिल नेपालको ५५ औँ वार्षिकोत्सब अवसरमा बाराका दुई जना पत्रकार सम्मानित हुँदै छन् ।

प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा विभिन्न सम्मान र पुरस्कार घोषणा गरेको हो।

काउन्सिलले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कृत हुने र सम्मान पाउने पत्रकारको नाम सार्वजनिक गरेको हो ।

वार्षिकोत्सवको अवसरमा प्रेस काउन्सिलले साझेदारी राष्ट्रिय दैनिक पत्रीकाका सम्पादक एवम् प्रकाशक श्यामबाबुप्रसाद यादवलाई समावेशी पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने भएको हो।

यसैगरी रातोपाटी बाराकी संवाददाता शारदा पोखरेललाई महिला सशक्तीकरण पुरस्कारबाट सम्मानित गर्ने भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार यी पुरस्कार प्रदान गरिने प्रेस काउन्सिल नेपालले जनाएको छ ।

साझा गर्नुहोस्