जनता माध्यमिक विद्यालयक कवही जब्दीमा ९६ जना विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 175
पढ्न लाग्ने समय : 2 मि.

संदिप प्रसाद यादव/

बाराको महागढीमाई नगरपालिका –५ मा रहेको श्री जनता माध्यमिक विद्यालय कवही जब्दीमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको छ ।

शैक्षिक सत्र २०८०÷०८१को शुरूवात संगै आफ्नो दोस्रो कार्यकालमा खुशी परियोजना कार्यक्रम अन्तर्गत आसमान नेपालको आर्थिक सहयोगमा र महागढीमाई नगरपालिकाको सहकार्यमा श्री जनता माध्यमिक विद्यालय कवही जब्दीमा सोमबार विद्यालयको प्राङ्गणमा एक कार्यक्रम बिच कक्षा ४ र ५ का विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अंगद पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि महागढीमाई नगरपालिका का नगर प्रमुख उपेन्द्र प्रसाद यादवले स्कुल ब्याग वितरण गरेका थिए ।

सो स्कुल ब्याग भित्र पेन्सिल,कापी,बोतल,स्कुल ड्रेस,पेन,स्टाम बकसहरु रहेको थियोे ।सामाज सुधार्ने ठूलो जिम्मेवारी विद्यार्थीहरूको काँधमा रहेको बताउँदै शिक्षा विकासका लागि हुने सहयोग गर्न कहिल्यै पछि नहट्ने नगर प्रमुख उपेन्द्र यादवले प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले शिक्षाप्रति आकर्षण बढाउने उद्देश्यले स्कुल ब्याग वितरण गरिएको बताए । शिक्षाबिना कुनै क्षेत्रको विकास सम्भव नभएकोले शिक्षा सुधारका लागि आफूले यस्तो खुशी परियोजना कार्यक्रममा सहकार्य गरेको जानकारी दिए ।

आउने दिनमा यस विद्यालयमा +२ सम्म पढाई गराउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उक्त कार्यक्रममा श्री जनता माध्यमिक विद्यालय कवही जब्दी स्कुलका प्रधानाध्यापक बिनोद प्रसाद यादव,बिधालय व्यवस्थापन समितिका सदस्यहरु,विद्यालयका शिक्षकहरु,राजु यादव र रामबिनय यादव सहित अभिभावक एवम् शिक्षाप्रेमीहरु लगायतको उपस्थिति रहेको थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।