पर्यावरण जोगाउन जीतपुरसिमराका युवाहरुद्धारा बृक्षरोपण

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 290
पढ्न लाग्ने समय : 1 मि.

रुख बिरुवा मासिँदै जाँदा पर्यावरणमा गम्भिर असर पर्न थालेको भन्दै जीतपुरसिमराका युवाहरुले पर्यावरण जोगाउन सृकयता देखाएका छन् ।

उनिहरुले यस क्षेत्रमा रहेका खाली जमिनहरुमा बृक्षरोपण गर्ने र बिरुवा संरक्षण गर्ने अभियान सुरु गरेका छन् ।

विशेषगरी जितपुरसिमरा वड नं १४ स्थित इन्द्रेणी युवा क्लव, हाम्रो युवा समाज लगायत संस्थामा आवद्ध युवाहरुले पर्यावरण संरक्षणमा चासो देखाएका हुन् ।

उनिहरुले सशस्त्र प्रहरीसँगको सहकार्यमा दुधौरा नदी आसपासमा बृक्षरोपण गरेका छन् ।

नदि कटान र पर्यावरणीय क्षती कम गर्न बृक्षरोपण गरिएको ईन्द्रेणी युवा क्लबका सचिव सरोज खनालले जानकारी दिए ।

पहिलो चरणमा मसला, सिरिस, अमला, असोक, रक्तचन्दन लगायत प्रजातीका एक हजार बिरुवा रोपिएको भन्दै उनले तिनको संरक्षणसँगै अनय स्थानमा पनि बृक्षरोपणको कामलाई निरन्तरता दिँदै लैजाने बताएका छन् ।

बढ्दो बायु प्रदुशण कम गर्न र भविश्यका सन्ततीहरुको बाँच्न पाउने आधार आजैदेखी सुनिश्चित गर्न वातावरण र रुखबिरुवाको महत्व सबैलाई बुझाउन पनि आफुहरुको यो अभियान प्रभावकारी बन्ने अपेक्षा गरिएको युवाहरुले बताएका छन् ।

बृक्षरोपण कार्याक्रममा शसस्त्र प्रहरीसँगै नेपाल बाल सङगठन बारा जिल्ला सभापति त्रिलोकबिक्रम शाह, भुमिसम्बधि समस्या आयोग बाराका सदस्य चयन गुरुङ, भरतबहादुर खड्का,इन्द्रेणी युवा क्लबका अध्यक्ष कपिल खरेल, सचिव सरोज खनाल, हाम्रो युवा समुहका अध्यक्ष प्रताप रिजाल,लगायतका युवाहरु सहभागी भएका थिए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।