कलैया । पूर्वसहमति नलिई मतदान स्थगित नगर्न मतदान अधिकृतहरूलाई निर्वाचन आयोगले निर्देशन दिएको छ ।
छिटफुट अवरोधको अस्थामा समेत मतदान अधिकृतहरुले केही स्थानमा मतदान स्थगित गर्ने थालेपछि आयोगले केन्द्रमा जानकारी नदिई स्थगन नगर्ने भनेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाकाअनुसार आइतबार ५ बजेसम्म मतदानको समय तोकिएकाले त्यो अवधिभित्र स्थगन नगर्न भनिएको छ ।