बाराको परवानीपुर गाउँपालिमा एमाले र करैयामाई गाउँपालिकामा जसपा बिजय

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 324
पढ्न लाग्ने समय : 2 मि.

रञ्जन यादब
बारा ०३ जेठ
बाराको परवानीपुर गाउँपालिकामा प्रमुख पद एमाले र करैयामाई गाउँपालिकाको प्रमुख पद जसपाले जितेको छ । १६ वटा स्थानीय तह रहेको बारामा परवानीपुर गाउँपालिकामा एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पद जितेको छ भने करैयामाई गाउँपालिकामा जसपाले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पद जितेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

परवानीपुर गाउँपालिकाको अध्यक्ष पदमा राम क्षेत्री पटेलले निकटतम लोसपाका जगतनारायण महतोलाई ४ सय ७४ मतले पराजित गरेका छन् । राम क्षेत्रीले २ हजार ९ सय १७ मत प्राप्त गरे भने जगत नारायणले २ हजार ४ सय ४३ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकै सुगन्धी देवी कनुइनले निकटतम लोकतान्त्रिक समाजवादी पार्टीकी सावित्री देवीलाई ८ सय ४५ मतले पराजित गरेकी हुन् ।

सुगन्धीले ३ हजार २ सय ३२ मत र सावित्रीले २ हजार ३ सय ८७ मत प्राप्त गरिन् ।त्यसैगरीकरैयामाईमा जसपाका उम्मेदवारहरू अध्यक्षमा शम्भुप्रसाद यादव र उपाध्यक्षमा सुनैना चौधरी निर्वाचित भएका हुन् । शम्भुले निकटतम प्रतिस्पर्धी कांग्रेसका निवर्तमान अध्यक्ष भुनेश्वर चौधरीलाई २ हजार १ सय ९८ मतले पराजित गरे । यादवलाई ५ हजार ५९८ र चौधरीलाई ३ हजार ४ सय मत प्राप्त भयो । यसैगरी उपाध्यक्षमा जसपाकी सुनैना चौधरीले निकटतम कांग्रेसकी चित्ररेखा चौधरीलाई २ हजार २६७ मतले पराजित गरेकी हुन् । सुनैनाले ५ हजार ४ सय ३९ मत प्राप्त गरिन् भने चित्ररेखाले ३ हजार १ सय ७२ मत प्राप्त गरिन् ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।