फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीमाथि आज बिहान स्थानीयहरूले हातपात गरेका छन्। गएराति वडा नम्बर ३ मा आएको जन्तीमा दुई समुदायका युवाबीच कुटाकुट भएको घटनालाई लिएर आक्रोशित स्थानीयहरू बिहानै अध्यक्ष अन्सारीसँग कारबाहीको माग गर्दै पुगेका थिए।
स्थानीयका अनुसार जन्तीमा भएको झडपमा संलग्नमाथि कारबाही गर्नुपर्ने माग राख्दा अध्यक्ष अन्सारीले गुनासोलाई जिम्मेवारीपूर्वक नलिएको आरोप लगाउँदै केही व्यक्तिले उनीमाथि हातपात गरेका हुन्।
घटनापछि आक्रोशित समूहले फेटा बजारस्थित अध्यक्ष अन्सारीको घर घेराउ गरेका छन्। स्थिति असहज बनेपछि क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ। भिडलाई तितरबितर गर्न सुरक्षाकर्मीले प्रयास गरिरहेका छन्।
घटनाबारे थप विवरण आउन बाँकी छ।
फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीमाथि हातपात, बजारस्थित घर घेराउ
साझा गर्नुहोस्









