नगर शिक्षा समितिले विद्यालयलाई घटुवा गरेको निर्णय नै त्रुटिपूर्ण रहेको मैनालीको दावी

गढिमाइ खबर
375 पाठक संख्या

डुमरवाना बहुमुखी कलेजका अध्यक्ष अनिल मैनालीले जीतपुर सिमरा उपमहानगरपालिकाको नगर शिक्षा समितिले गरेको निर्णय नै त्रुटिपूर्ण रहेको वताएका छन् ।

जेठ ७ गते सोमबार बसेको नगर शिक्षा समितिले नगर भरिका विद्यालयहरूलाई( मर्ज ) समायोजन र विद्यालय तह घटुवा गरेको प्रति उनले चिन्ता र आक्रोश पोखेका हुन् । उनी विगत ३८ वर्ष देखि शिक्षा क्षेत्रमा आबद्ध रहेका व्यक्ति हुन् ।

शैक्षिक सत्रको दोश्रो महिना बितेको अवस्थामा विद्यार्थीहरूको अधिकार माथी हनन् भएकाले यस्तो निर्णय तुरुन्त सच्याउदै विधार्थीको मौलक हकलाई सुरक्षित गनै उनले आग्रह गरे । नेपाली नागरिकको शिक्षा,स्वास्थ्यको प्रत्याभूति नेपालको संविधानले गरेको उनले सुनाए ।

नगर शिक्षा समितिले अनेक बहाना र राजनीतिक प्रतिशोधका कारण विद्यार्थीहरूको भविष्य माथी खेलवाड गरेको आरोप लगाउदै उनले यसलाई सच्चाउन आग्रह गरेका छन् ।

निवर्तमान वडा अध्यक्ष केदारनाथ बजगाईले साबिक डुमरवाना गाउँ विकास समिति वडा नं ७ हाल जीतपुर सिमरा उमनपा १६ स्वाभिमान बस्ति( कतर्वा) मा रहेको यस भेगकै पुरानो विधालयको ईतिहास नै नबुझी तह घटुवा गरेको जनाए । यसले सबैको मान मर्दन भएकाले यसलाई सच्याउन अनुरोध गरेकाछन् ।

श्री नेपाल राष्ट्रिय आधारभुत विधालय कतर्वामा दलित समुदाय र आदिवासी चौधरी समुदायका विधार्थीहरू अध्ययन गर्ने हुनाले निर्णय सच्चाउन उनले माग गरे ।सो विधालयमा कक्षा ८ मा १० जना विधार्थी अध्ययनरत छन ।यदि निर्णय नसच्चाए दलित र आदिबासीहरूको भविष्यमाथी नै खेलवाड हुने उनले बताए ।

नगर शिक्षा समितिले गरेको निर्णय पूर्वाग्राही र राजनैतिक रिसिवी साध्ने काम हो कि भन्ने तर्फ पनि सोच्न बाध्य भएको उनले बताए ।

प्रमुख अतिथि १६ नंम्वरका बडा अध्यक्ष हरिदेव खरेलले विधालयको शैक्षिक गुणस्तर नै माथी उस्कन नसकेकाले मेयर साबको निर्देशनमा घटुवाको निर्णय गरेको जानकारी दिएकाछन् । वडा अध्यक्षले जति बोले त्यतिनै समय मेयरले गर्दा यस्तो भएको उनले जनाए । शिक्षा गुणस्तरीय नभएको उनले दोहर्‍याए ।

छलफल कार्यक्रमको अध्यक्षता गरेका गंगाप्रसाद मैनालीको थियो । उनी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुन । उनी विधालय ब्यवस्थापन समितिको अध्यक्ष भएदेखि केही सुधारका कामहरू भएको जनाए । आफुले सोचे जस्तो नभएको दुखेसो पोखे । शुरू शुरूमा राम्रो लयमा जाँदै गरेको विधालयमा विधार्थीको संख्या पनि बढाउन सफल भएको उनले सुनाए ।

अवको २–३ वर्षमा विद्यालयनै समायोजन(मर्ज) हुन्छ अनि वोडिङ( संस्थागत) हरूमा विधार्थी लाने परिपञ्च रचिदै छ उनले आक्रोश पोखे ।सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई अनुमति दिने नीतिनै दोधारे रहेका कारण आजको परिस्थिति सृजना भएको उनले जनाए ।

संस्थागत विद्यालयलाई विधार्थीको संख्या जति भएपनि हुने तर सामुदायिक विद्यालयलाई निश्चित संख्याहुने प्रावधानका कारण संस्थागत विद्यालय मौलाउदै र सामुदायिक विद्यालय सुक्दै गएको उनले सुनाए ।

विद्यालयका शिक्षक उदयराज मैनालीले सो कार्यक्रमको सहजिकरण गरेका थिए । शिक्षिका शशि खरेलको स्वागत रहेको थियो ।

साझा गर्नुहोस्