बाराको १६ वटै पालिकामा पहिलो दिन ३ सय ४१ जनाको मनोनयन दर्ता

गढीमाईखवर डट कम
39 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

बारा जिल्लाको १६ वटै स्थानीय तहमा आइतवार पहिलो दिनको मनोनयन दर्ताको क्रममा ३ सय ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

बैशाख ३० मा हुने स्थानीय तहको चुनावको लागि उनीहरु उम्मेदवारी दर्ता गराएका हुन् ।

जिल्लामा १६ पालिका मध्ये उपमहानगरपालिका २, नगरपालिका ५ र गाउ“पालिका ९ रहेका छन् ।

ती सबै स्थानीय तहमा सानादलहरु र केही स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

कलैया उपमहानगरमा प्रमुख पदमा नेपाल मदजुर किसन पार्टीको तर्फबाट मुक्ति यादव र विवेशशील साझा पार्टीको तर्फबाट शिवजी साह गरी २ जनाले मेयरमा उम्मेदवारी दर्ता गराए ।

यसैगरी मजदुर किसान पार्टीबाटै उपप्रमुखमा रन्जु देवी साहले उम्मेदवारी दर्ता गराए ।

यसैगरी जितपुरसिमरा उपमहानगरमा प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी परेनन् । सिम्रौनगढ नगरपालिकामा प्रमुख पदमा सबै भन्दा बढी ५ जनाको उम्मेदवारी परेको छ ।

लोसपाको तर्फबाट किशोरी साह कल्वार र जनमत पार्टीको तर्फबाट लक्ष्मीकान्त जयसवालले उम्मेदवारी दर्ता गराए । देवतालमा चन्दन सिहंले फेरि अध्यक्ष बन्न उम्मेदवारी दर्ता गराएका छन् ।

निजगढ नगरपालिकमा नेकपामालेबाट शंकर घिमिरे र उन्नत पार्टीबाट गीता र्मनालीले मेयरको लागि उम्मेदवारी दर्ता गराए ।

एमाले सहित सत्ताधारी पा“च दलीय गठबन्धनले आ–आफनो उम्मेदवार तय गर्न नसकेकोले धेरै संख्यामा उम्मृदवारी दर्ता हुन नसकेको हो ।

कोल्हवी नगरपालिका र परवानीपुर गाउ“पालिमा कसैको पनि उम्मेदवारी दर्ता भएन ।

नगरपालिकमा वडामा १ जनाले मात्र उम्मेदवारी दर्ता गराए । प्रमुख निर्वाचन अधिकृतको कार्यालय कलैयाका अनुसार ३ सय ४१ जनाको पहिलो दिन उम्मेदवारी परेको हो ।

जिल्लाको सबै पालिकाहरुमा प्रमुख÷अध्यक्ष १९ र उपप्रमुख÷उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी ३ सय १६ जनाले वडाध्यक्ष तथा सदस्यहरुमा उम्मेदवारी दर्ता गराएका छन् ।

लोसपाले २ पालिकामा प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, जनमत पार्टीले प्रमुख÷उपप्रमुख, राप्रपाले अध्यक्ष, जसपा र एमालेले एक÷एक वडामा उम्मेदवारी दिएका छन् ।

यसैगरी विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी, नेकपामाले, उन्नत पार्टीले समेत उम्मेदवारी दर्ता गराएको छ । का“ग्रेस पार्टीबाट कतै उम्मेदवारी परेन ।

 

साझा गर्नुहोस्