छोरा हत्या अभियोगमा नुर आलम पक्राउ

गढिमाइ खबर
166 पाठक संख्या पढ्न लाग्न समय 3 मिनेट
पढ्न लाग्न समय 3 मिनेट

नवजात शिशु छोरा हत्या गरेर फरार रहेका एक बुवालाई काठमाण्डौबाट पक्राउ गरि बारा प्रहरीले विहीवार सार्वजनिक गरेको छ ।

बाराको देवताल गाउँपालिका वडा नम्बर ४ पिप्राढी टोल बस्ने सर्फुदिन अंसारीको छोरा वर्ष २५ को नुर आलम अंसारीले आफ्नो नवजात शिशु २० दिनको छोरालाई हत्या गरी फरार भएका थिए ।
अंसारीले केही दिन पहिले आफ्नै नवजात छोराको हत्या गरी फरार भएका थिए । कामको शिलशिलामा काठमाण्डौ वस्दै आएका अंसारी श्रीमति कलमा खातुनले छोरा जन्माएपछि घर आएका थिए । उनी घरआएसंग छोराको मृत्यु भएको थियो । २० दिनको नवजात शिशु छोराको मृत्युको कारण बुवा अंसारी नै रहेको रहस्य खुलेको छ । मृतक छोराको संस्कार गरेपछि काठमाण्डौ गएका अंसारीलाई प्रहरीले काठमाण्डैबाट पक्राउ गरेको थियो ।

पक्राउ पछि जिल्ला प्रहरी कार्यालय बारामा ल्याएर थप अनुसन्धान भईरहेको प्रहरी विहीवार पत्रकार सम्मेलन गरि उपरिक्षक होविन्द्र बोगटीले जानकारी गराएका छन।

आरोपी अंसारीको बारा कलैया उपमहानगरपालिका वडा नम्बर ३ भवानीपुर टोलमा बस्ने नबि हसन अंसारीको छोरी कलमा खातुनसँग जातिय रितिरिवाज अनुसार बिवाह भएको थियो । बिवाह भएको केही महिना सम्म श्रीमान श्रीमती राम्रोसँग मिली बस्ने गरेका थिए ।

कलमा खातुनले फोनमा आफ्नो माईतीसँग तथा आफन्तहरुसँग कुरा गर्दा अंसारीले आफ्नो श्रीमती कलमा खातुन अरुसँग लागेको भनी झुठ्ठा लान्छना लगाई अंसारीले दिनहु कुटपिट तथा शारिरीक एवम मानसिक यातना दिदै आएको कलमाले गुनासो गरेकी छिन । अंसारी र कलमा खातुनको वैवाहिक सम्बन्धमा खातुनको कोखबाट छोराको जायजन्म भएको थियोे । छोराको जायजन्म भएको ८ दिन पछि नुर आलम अंसारी काठमाण्डौबाट घरमा आई आफ्नो श्रीमती खातुनलाई यो बच्चा मेरो होईन भनी खातुनलाई कुटपिट गरेका थिए ।

कलमा आफ्नो २०दिनको नवजात छोरालाई घर कोठाको खाटमा सुताई काम गरी रहेको अवस्थामा अंसारीले बच्च सुती रहेको कोठामा गई केही समयपछि घरबाट बाहिर निस्की भागेका थिए ।
कलमा कोठा भित्र जाँदा बच्चाको मुख र नाकबाट रगत निस्की बच्चा अचेत अवस्थामा रहेकोदेखि आफ्नो घर परिवारका मानिसहरुको सहयोगमा उपचारको लागि ल्याउँदा बच्चाको मृत्यू भएको थियोे ।

उनीहरुले मृतक बच्चाको लाश जातिय रितिरिवाज अनुसार आफ्नै गाउँको कब्रस्थानमा दाह संस्कार गरेका थिए । अंसारीको श्रीमती खातुनले २० दिनको छोरालाई श्रीमानले नाक मुख थिची हत्या गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय बाराले खोजतलास गरी पक्राउ गरिदिन पत्राचार गरि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई गरेको थियो ।
उनलाई काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं. १५ ढुंगेअड्डा पिपलबोट बाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको छ । उनले जेठ १४ गते उक्त घटना गरेर फरार रहेका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा पक्राउ गरी र प्रादेशिक अस्पताल कलैयाको चिकित्सकको सहयोगमा मृतक लाश गाडिएको ठाउँबाट उत्खनन्न गरि पोष्टमार्टम पश्चात मृतक लाश परिवारको जिम्मा लगाईएको पत्रकार सम्मेलनमा उपरिक्षक बोगटीले बताए ।

अंसारी माथि कर्तव्य ज्यान मुद्दा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रुपेश साहले बताएका छन् ।

साझा गर्नुहोस्