बारामा टिपर र कार ठोक्किदा दुई जनाको मृत्यु

गढिमाइ खबर
298 पाठक संख्या

बारा : बारामा टिपर र कार ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

पुर्ब पश्चिम लोकमार्गमा पथलैया–निजगढ सडकखण्डको १३ किलोमा शुक्रबार भएको सवारी दुर्घटनामा ज्यान गुमाएका दुइमध्ये एक जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाही बरथवा नगरपालिका वडा नं.१५ हजरियाका ४६ वर्षीय नारायण हरी शर्मा रहेका छन् । उनी कारमा सवार थिए ।

दुर्घटनामा ज्यान गुमाएका कार चालकको भने पहिचान खुल्न बाँकी छ ।जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित भूईपुल नजिकको क्षेत्रमा कार र ट्रिपर ठोक्किएर दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार निजगढबाट पथलैयातर्फ आउँदै गरेको प्र२–०३–००१ख ०६०७ नम्बरको ट्रिपर र पथलैयाबाट निजगढतर्फ जाँदै गरेको बा०१–०२५च ५०७६ नम्बरको कार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनालगत्तै कारमा सवार दुई जनालाई निजगढस्थित अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि ट्रिपर चालक फरार रहेका छन् ।

ट्रिपर सडक छेउमा पल्टिएको छ भने कारको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त छ ।ट्रिपर चालकको खोजतलाश भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

साझा गर्नुहोस्