वीरगञ्ज
मँसिर ४ गते हुन गईरहेको प्रतिनिधी सभा र प्रदेश सभा निर्बाचन अन्र्तगत पर्सा क्षेत्र नम्बर ४ को क मा स्वतन्त्र उम्मेदवार बिरेन्द्र यादवको पक्षमा जनलहर देखिएको छ ।
शनिबार यादवले गरेको घरदैलोको क्रममा जिरा भवानी गाउँपालिकाको जितपुर टोलमा उनको पक्षमा जनलहर देखिएको हो ।घरदैलोको क्रममा स्वतन्त्र उम्मेदवार यादवले आफुलाई मत दिन मतदाताहरु सित आग्रह गरेका थिए ।
उनले दलका उम्मेदवारहरु बारम्बार यस क्षेत्रबाट जितेर गएपनि बिकाश नभएकोेले स्वतन्त्र उम्मेदवारले नै क्षेत्रको बिकाश गर्न सक्ने भएकाले आफुलाई मत दिएर बिजयी गराउन यादवले बताएका थिए ।स्वतन्त्र बाट उम्मेदवारी दिएका यादवको पक्षमा मतदाताहरु समेत देखिएका छन ।
उनीहरुले पनि दलका उम्मेदवारले जितेर गएपछि फर्केर नआउने गरेकोले यसपालि नयाँ जोश भएका युवा उम्मेदवारलाई जिताउने बताएका थिए ।