मानवत -मटिअर्वा सडकखण्डमा पर्ने विधुतीय पोलहरु सार्दै प्राधिकरण

गढिमाइ खबर
308 पाठक संख्या

बाराको सदरमुकाम कलैयाको मुख्य सडक निर्माणको लागि वितरण केन्द्रको ११ के.भी नगरपालिका फिडरमा पर्ने मानमत मटिअर्वा सडक खण्डको पोलहरु बिधुत प्राधिकरण कलैया वितरण केन्द्रले सार्ने भएको छ ।

विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले एक सूचना जारी गर्दै शुक्रबार देखि पुस १२ गते सम्म बिधुतका पोलहरु सार्ने जनाएको छ । सार्ने क्रममा विहान १० बजे देखि बेलुका ५ बजे सम्म बिधुत अवरुद्ध हुने छ ।

नगरपालिका फिडर अन्तर्गत पर्ने स्थानहरु कलैया भरत चौक देखि उत्तर तथा दक्षिण तर्फका आंशिक क्षेत्रहरु रहेको छ ।

कार्य समय अगावै सकिएमा तोकिएको समय भन्दा अगाडी नै लाईन सुचारु हुने समेत कलैया वितरण केन्द्रले जनाएको छ ।

साझा गर्नुहोस्