बाराको सदरमुकाम कलैयाको मुख्य सडक निर्माणको लागि वितरण केन्द्रको ११ के.भी नगरपालिका फिडरमा पर्ने मानमत मटिअर्वा सडक खण्डको पोलहरु बिधुत प्राधिकरण कलैया वितरण केन्द्रले सार्ने भएको छ ।
विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले एक सूचना जारी गर्दै शुक्रबार देखि पुस १२ गते सम्म बिधुतका पोलहरु सार्ने जनाएको छ । सार्ने क्रममा विहान १० बजे देखि बेलुका ५ बजे सम्म बिधुत अवरुद्ध हुने छ ।
नगरपालिका फिडर अन्तर्गत पर्ने स्थानहरु कलैया भरत चौक देखि उत्तर तथा दक्षिण तर्फका आंशिक क्षेत्रहरु रहेको छ ।
कार्य समय अगावै सकिएमा तोकिएको समय भन्दा अगाडी नै लाईन सुचारु हुने समेत कलैया वितरण केन्द्रले जनाएको छ ।