वीरगञ्ज
नेकपा एमाले र जनता समाजबादी पार्टीबीच भएको गठबन्धन बहुरुपियाहरुको गठबन्धन भएको पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य उम्मेदवार लक्ष्मण लाल कर्णले बताएका छन ।
पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार रहेका कर्णले क्षेत्र नम्बर १ को २ बाट प्रदेश सभा सदस्य उम्मेदवार रामनारयण कुर्मी सहित शुक्रबार गरेको सँयुक्त घरदैलो कार्यक्रममा उनले यस्तो बताएका हुन ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मा गठबन्धनका उम्मेदवारहरुले गरेको घरदैलाको क्रममा कर्णले मधेसका जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने तत्वहरुको नक्कलि चेहरा जनताको सामु उजागर भैसकेकोले त्यस्ता एमाले जसपाको बहुरुपिया गठबन्धनलाई यसपटक जनताले परास्त गर्ने जिकिर गरे ।
उनले देश जनता लोकतन्त्र संविधान बिरोधी एमाले–जसपाको गठबन्धन देश र जनता लाई भ्रममा पार्ने ठगबन्धन भएको बताउदै देश जनता लोकतन्त्र संविधान जोगाउने ५ दलिय गठबन्धन का उम्मेदवारहरु लाइ अत्यधिक मत दिएर बिजयी बनाउन मतदाताहरुसित आग्रह गरेका थिए ।
कर्णले देश मधेश का जनताको त्याग र बलिदानिबाट प्राप्त उपलब्धिहरु लाई समाप्त पार्ने बहुरुपिया पार्टी हरुको ठगबन्धन बाट सचेत रहन आम मतदाताहरुलाई सचेत गराएका थिए ।
क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य उम्मेदवार कर्ण र प्रदेशसभाका उम्मेदवार नेपाली काङ्ग्रेसका कुर्मी को सन्युक्त घरदैलो कार्यक्रम को आयोजना मुर्ली चौक बाट शुरु भएर वडा को विभिन्न टोल टोलको घर घरमा पुगेर मतदाताहरु संग भेटघाट गर्दै जित को आशिर्वाद लिएका छन ।
सो घरदैलोमा नेपाली काङ्ग्रेसको नेतृत्वमा पाच दलका नेता,महिला ,युवा कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो । दुबै उम्मेदवारहरुको आग्रहलाई वडाका अग्रज , महिला ,युवा मतदाताहरुले जित को अग्रिम बधाई तथा शुभकामना दिएका थिए ।