रञ्जन यादब/
बारा
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.८ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउँन निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
क्षेत्र नं.४(क)का उम्मेदवार क्षेत्र बहादुर श्रेष्ठ (अनिल)को प्रमुख आतिथ्यतामा भएको बैठकले नेपाली काग्रेसका वडा सभापति ईन्द्रबहादुर पन्तको संयोजकत्वमा १ सय ५१ सदस्सीय निर्वाचन परिचालन कमिटी गठन गरेको लोसपाका जिल्ला सदस्य तरुण सहनीले जानकारी दिनुभयो ।
बैठकमा क्षेत्र नं.४(क) को निर्वाचन परिचालन समिती संयोजक प्रेम बराल , लोसपाका नगर अध्यक्ष शिवजी साह सोनार , निबर्तमान वडा अध्यक्ष रामबाबु पटेल ,अकलु चौधरी ,राम प्रसाद यादब लगायतको सहभागिता रहेको थियो ।