वीरगञ्ज
भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले डिजेलसहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।
प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका २ बाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा टयाक्टरसहित डिजेल नियन्त्रणमा लिएको हो ।
ना ३ त २५६६ नम्बरको टयाक्टरमा लोेड गरेर लैजान लागिएको ७० लिटर डिजेल प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रबक्ता ओमप्रकाश खनालले जानकारी दिए ।नियन्त्रणमा लिइएको डिजेलसहित ट्याक्टरलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता खनालले बताए ।