कलैया :बारा प्रहरीले लागू औषध अफिम सहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले आइतबार जिल्लाको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा धादिङबाट वीरगंज तर्फ जादै गरेको प्र ०३–०३–००१ प ५२७३ नम्बरको एफ जेड मोटरसाईकललाई रोकी जाँच गर्ने क्रममा उक्त लागू औषध अफिम सहित एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोटरसाइकल चालक धादिङको गजुरी नगरपालिका –४ बस्ने अन्दाजी २६ वर्षीय राजन चेपाङ रहेको प्रहरीले जनाएको छ।
उक्त लागुऔषध अफिम सहित चेपाङलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन्।









