पर्सामा काँग्रेसको क्षेत्रिय अधिबेशन सम्पन्न,महाधिवेशन प्रतिनिधीमा देउवा समुह बलियो

गढिमाइ खबर
203 पाठक संख्या

राम मण्डल/
नेपाली काँग्रेसको अधिबेशन पर्सा जिल्लामा रहेको चार वटा नै क्षेत्रमा क्षेत्रीय सभापति चयन गरेकोे छ ।

जिल्लामा रहेको चार वटा निर्बाचन क्षेत्रहरुमा नै सभापति लगायतका अन्य पदाधिकारीहरुसहित केन्द्रिय महाधिबेशन प्रतिनिधी समेत चयन गरेको छ ।

पर्साको क्षेत्र नम्बर चारमा सर्बसहमतिले काँग्रेस क्षेत्रीय सभापतिमा श्रीकान्त यादव चयन भएका छन ।

क्षेत्र नम्बर १ ,२ र ३ मा भने सहमति जुटन नसक्दा मतदान नै गर्नु परेको थियो ।

बिहीबार साँझसम्म मतदानको अन्तिम मत गणना सकिएपछि यी तीन क्षेत्रहरुमा समेत क्षेत्रिय सभापतिहरुको टुँगो लागेको छ ।

जस अनुुसार क्षेत्र नम्बर १ को काँग्रेस क्षेत्रिय सभापतिमा अरबिन्द गुप्ता बिजयी भएका छन ।

बिहीबार सम्पन्न भएको निर्बाचनको मत परिणाम अनुसार सभापतिमा गुप्ता बिजयी भएको मतदान अधिकृत प्रदिप कुमार जैसवालले जानकारी दिए ।

गुप्ताले बिजय सर्राफ र रामबाबु प्रसाद कुर्मीलाई हराउदै सभापतिमा बिजयी प्राप्त गरेका हुन ।

यस्तै क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिमा महम्द साहाबुदिन बिजयी भएका छन ।उनले चुनावमा बैकुण्ठ श्रीवास्तवलाई हराएर सभापतिमा बिजयी भएको मतदान अधिकृत तिर्थराज यादवले बताए ।

क्षेत्र नम्बर ३ को सभापतिमा श्रीकिशुन चौहान बिजयी भएका भएका छन ।उनले निर्बाचनमा भगवति चौधरीलाई हराएर क्षेत्रिय सभापतिमा बिजयी भएका हुन ।

यसैबीच काँग्रेसको केन्द्रिय महाधिबेशनको लागि महाधिबेशन प्रतिनिधी समेत चयन भएका छन ।

केन्द्रिय महाधिबेशन प्रतिनिधीमा भने काँग्रेस सभापति शेरबहादुर देउवा निकाटका प्रतिनिधीहरु बढी चुनिएका छन ।

केन्द्रिय महाधिबेशन प्रतिनिधीमा भने सँबिधान सभा सदस्य तथा शहिद पुत्र राजेन्दू बहादुर अमात्य हारेका छन ।

प्रतिनिधीको लागि भएको चुनावमा उनी हारेका हुन ।महाधिबेशन प्रतिनिधीमा काँग्रेस पर्सा सभापति अजय द्विबेदी,अजय चौरसिया,पुर्ब मन्त्री सरेन्द्र चौधरी,प्रदेश साँसद समेत रहेका ओम प्रकाश शर्मा,राजेशवर साह तेली,पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह,पर्सागढीका मेयर लोक नारायण यादव,जिलला सचिव शया पटेल लगायत चयन भएका छन।

यी मध्ये अधिकाँश देउवा निकटका हुन । सभापति द्विबेदी भने बिलेन्द्र निधी निकट हुन ।

क्षेत्र नम्बर १ मा भएको निर्वाचनबाट निर्वाचित २५ जना महाधिवेशन प्रतिनिधिमध्ये संस्थापन पक्षका ५ जना र संस्थापन इतर समूहका २० जना हुन् ।

क्षेत्र नम्बर २ मा भएको निर्वाचनबाट निर्वाचित २५ जना महाधिवेशन प्रतिनिधिमध्ये २४ जना संस्थापन पक्षका हुन् भने १ जना मात्रै संस्थापन इतर समूहबाट निर्वाचित भएका छन् ।

साझा गर्नुहोस्